काठमाडौँ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ बढेको छ। आज सुनको मूल्य तोलामा दुई हजार दुई सय रुपियाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज सुन प्रतितोला दुई लाख ५८ हजार आठ सय रुपियाँमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५६ हजार ६ सय रुपियाँ रहेको थियो भने चाँदी प्रतितोला तीन हजार ९०५ रुपियाँमा किनबेच भएको थियो।
यस्तै, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस चार हजार २९९ अमेरिकी डलर र चाँदी प्रतिऔँस ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
14 Dec 2025