नेपालका प्राकृतिक स्रोतसाधनको सही प्रयोग भए विश्वकै धनी बन्न सक्थ्यो : राजेन्द्र महतो

hitkhabar.com


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा भएको छ । बिहीबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा दुबै पार्टीले आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले देशको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू प्रति आक्रोश व्यक्त गरे । उनले भने, “देश बन्छ कसरी ? दुनियाँको कंगाल राष्ट्र बनिसक्यो नेपाल। प्राकृतिक स्रोतसाधनको सही प्रयोग भएको भए नेपाल विश्वकै धनी राष्ट्र बन्न सक्थ्यो ।”

महतोले कांग्रेस, एमाले र माओवादीलाई देशको पछिल्लो दुर्दशाका लागि जिम्मेवार ठहराउँदै लोकतन्त्रको नाममा लुटतन्त्रको आरोप लगाए । साथै, लाखौं युवाहरू रोजगारीको खोजीमा विदेश जान बाध्य भएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, “हाम्रो सन्तानले बस्न चाहेको छैन । ५० लाखभन्दा बढी युवा देश छोडेर गएका छन् ।”

प्रतिक्रिया