काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई दाँत उपचार सेवामा विशेष छुट प्रदान गर्न कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) सँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरूले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विभिन्न डेन्टल सेवामा अधिकतम १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।
बैंकका अनुसार, ग्राहकहरूले जनरल हस्पिटल सेवामा १५ प्रतिशत, फिजियोथेरापी, आई ग्लास तथा जनरल डेन्टल सेवामा १० प्रतिशत र विशेष दन्त उपचार सेवामा ७ प्रतिशतसम्म छुट पाउने छन्।
उक्त छुट काठमाडौंको जोरपाटीस्थित केडीसी एस्थेटिक सेन्टर, पोखराको न्युरोडस्थित कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटल, साथै काठमाडौंको सतुंगल, चितवनको भरतपुर र बुटवलको भलवारी तिलोत्तमास्थित कान्तिपुर डेन्टल सेन्टरमा उपभोग गर्न सकिनेछ।
यस सेवाको लाभ लिन ग्राहकहरूले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी अथवा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
बैंकले कान्तिपुर डेन्टलसँगको सहकार्यले ग्राहकहरूलाई गुणस्तरीय सेवा सुलभ दरमा उपलब्ध हुने विश्वास व्यक्त गरेको छ भने डिजिटल भुक्तानी प्रणालीलाई अझ सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।