काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । मंगलबार मध्यान्हदेखि बन्द भएको विमानस्थल बुधबार अपराह्नदेखि पुनः सञ्चालनमा आएको हो ।
विमानस्थल कार्यालयका अनुसार बुधबार बसेको सुरक्षा समिति बैठकले सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि विषम परिस्थिति भन्दै कार्यालयले अनिश्चितकालका लागि विमानस्थल बन्द गर्ने घोषणा गरेको थियो ।
कार्यालयले यात्रुलाई वायुसेवा कम्पनीसँग सम्पर्क गरेर मात्र विमानस्थल आउन आग्रह गरेको छ ।
‘उडानका लागि विमानस्थल आउनुहुने यात्रुहरूले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिएर मात्र आउनुहोस्,’ कार्यालयको सूचनामा भनिएको छ ।
साथै, यात्रुहरूले आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात अनिवार्य साथमा राख्न पनि अनुरोध गरिएको छ ।
10 Sep 2025