सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

hitkhabar.com


काठमाडौं । हिन्दुहरुको महान् चाड बडादसैँलाई लक्षित गर्दै सरकारले सोमबार (घटस्थापना) देखि सार्वजनिक सवारी साधनका लागि ‘रुट परमिट’ खुला गरेको छ । सरकारले असोज २२ गते अर्थात् पूर्णिमाको पर्सिपल्टसम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गरेको हो ।

यातायात आवागमन सहज बनाउन र यात्रुहरूलाई सुविधा दिन सरकारले यो निर्णय गरेको हो । तर, विशेष प्रकृतिका कारण केही मार्गमा भने ठूला सार्वजनिक सवारी साधन चलाउन रोक लगाइने बताइएको छ ।

खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने सवारी साधन बाहेकका ठूला ट्रेलर तथा अन्य ठूला गाडीलाई नारायणघाट–काठमाडौं रुटमा असोज ६ गते (घटस्थापना) देखि असोज २० गते (पूर्णिमा) सम्म सञ्चालन गर्न नपाउने निर्णय गरिएको छ ।

यसले गर्दा दशैंमा यात्रुहरूको चापलाई व्यवस्थापन गर्न र सडक सुरक्षालाई प्राथमिकता दिने सरकारको उद्देश्य रहेको बताइन्छ ।

प्रतिक्रिया