काठमाडौं नगरसभाको बैठकबाट दुई विधेयक पारित, सम्पदामैत्री भवन निर्माणमा सहुलियत

hitkhabar.com


काठमाडौं । काठमाडौं महानगरपालिकाको १७ औँ नगरसभा अधिवेशनअन्तर्गत बुधबार बसेको दोस्रो बैठकले दुई महत्वपूर्ण विधेयक पारित गरेको छ ।

नगर प्रमुख बालेन शाहका अनुसार बैठकले काठमाडौं महानगरपालिका राजस्व विधेयक २०८२ र सम्पदामैत्री भवन संरक्षण तथा निर्माण मापदण्ड सहुलियत विधेयक २०८२ स्वीकृत गरेको हो ।

नगरसभा सञ्चालन कार्यविधि ऐन, २०७५ को दफा १६ बमोजिम दुवै विधेयक स्वीकृत गरिएको नगर प्रमुख शाहले जानकारी दिए ।

बैठकमा प्रस्तुत ९ वटा कार्यसूचीहरूमध्ये कार्यसूची नम्बर १, २, ३, ४, ८ र ९ मा रहेका प्रस्तावहरू संशोधनसहित पारित भएका छन् । यस्तै, कार्यसूची नम्बर ५, ६ र ७ पेश मात्र गरिएको नगर प्रमुख शाहले बताए ।

महानगरपालिकाले स्वीकृत गरेका विधेयकहरू राजधानीको राजस्व व्यवस्थापनलाई थप व्यवस्थित बनाउने र ऐतिहासिक सम्पदाको संरक्षण गर्दै भवन निर्माणमा सहुलियत दिने उद्देश्यले ल्याइएको बताइएको छ ।

प्रतिक्रिया