प्रधानमन्त्री बालेन शाहले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति निवास शीतलनिवासमा उनी मध्याह्न १२:३४ बजे शपथ ग्रहण गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले उनीलाई शपथ गराएका थिए। समारोह सात शंखको ध्वनि र १०८ बटुकद्वारा स्वस्ति वाचनसँगै सुरु भएको थियो। त्यसपछि १०८ भिक्षुहरूले मंगल पाठ गरे।
प्रधानमन्त्री शाहले आफ्नो शपथ ईश्वर, देश र जनताको नाममा लिएका छन्।
27 Mar 2026