काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। सोमबार सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ, जसले नयाँ कीर्तिमान बनाएको छ।
यसअघि आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा उल्लेख्य वृद्धि भएपछि सुन हालसम्मकै महँगो बनेको हो।
सुनसँगै चाँदीको मूल्य पनि उच्च भएको छ। सोमबार चाँदी प्रतितोला १ सय ३० रुपैयाँले बढेर ४ हजार २ सय ३५ रुपैयाँ पुगेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार १ सय ५ रुपैयाँ रहेको थियो।
22 Dec 2025