आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

hitkhabar.com


काठमाडौं। नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ। अघिल्लो दिन ठूलो गिरावट देखिएको सुनको भाउ आज थप १ हजार १०० रुपैयाँले घटेको हो।

नेपाल सुन–चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ६१ हजार रुपैयाँमा झरेको छ। मंगलबार सुन प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि सोमबार पनि सुनको भाउ ६ सय रुपैयाँले घटेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। आज प्रतितोला चाँदी ४ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ५९० रुपैयाँ रहेको थियो, जुन दिन चाँदीको भाउ उल्लेखनीय रूपमा घटेको थियो।

प्रतिक्रिया