संघीय संसद अन्तर्गत दुई समितिको बैठक आज

hitkhabar.com


काठमाडौं । संघीय संसद अन्तर्गत आज दुई समितिको बैठक बस्दै छन् ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज दिउँसो २ बजे बस्नेछ । बैठकमा समितिको हालसम्मको कामकारबाहीको समीक्षा गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहान ९ बजे बस्ने तय भएको छ । उक्त बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ ।

प्रतिक्रिया