इन्ड्राइभको ‘प्याटिनम ड्राइभर गिभअवे’ सम्पन्न, विजेतालाई उपहार हस्तान्तरण

hitkhabar.com



काठमाडौं । नेपालमा सेवा विस्तार गरिरहेको अनलाइन यातायात सेवा प्रदायक कम्पनी इन्ड्राइभले ‘प्याटिनम ड्राइभर गिभअवे’ कार्यक्रम अन्तर्गत उत्कृष्ट राइडरहरूलाई सम्मानित गरेको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत ग्राण्ड प्राइज विजेता राइडरहरूलाई कार र बाइक हस्तान्तरण गरिएको हो ।

इन्ड्राइभ नेपालकी चालक सञ्चालन विशेषज्ञ सुनिता जेमी राईका अनुसार, यात्रुहरूप्रति उत्कृष्ट सेवा र एप्समा उल्लेखनीय योगदान पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

उनका अनुसार, ३० जुनदेखि १३ जुलाईसम्म सबैभन्दा बढी राइड पूरा गर्ने राइडरहरूलाई विजेता घोषणा गरिएको थियो । कारतर्फ टाटा एक्सप्रेस टिभी र बाइकतर्फ टिभिएस मोटरसाइकल उपहारस्वरूप प्रदान गरिएको छ । यी दुबै उपहारका कर तथा शुल्क कम्पनीले नै बेर्होनेछ ।

राइडरको उत्साहवर्धन गर्न कम्पनीले उक्त अवधिमा ‘प्याटिनम स्टाटस’ मेन्टेन गर्ने राइडरहरूमध्ये हरेक हप्ता ५ जनालाई स्मार्टफोन, १० जनालाई एयरबड्स र १० जनालाई स्मार्टवाच वितरण गरेको राईले जानकारी दिइन् ।

उनले भनिन्, “सिमित संख्यामा दिइएको राइड कम्प्लिट गरेपछि राइडरहरुले सो उपहार जित्ने मौका पाउँछन् । उत्कृष्ट सेवाका लागि हामीले तीन हप्तासम्म यो प्रतिस्पर्धात्मक गिभअवे आयोजना गरेका थियौँ ।”

उक्त कार्यक्रममा सहभागी भएका विजेता राइडरहरूले इन्ड्राइभको प्रयासलाई स्वागत गर्दै थप प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया