काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सरकार, राजनीतिक दल र जेनजी युवाबीच त्रिपक्षीय बैठक जारी रहेको छ। आगामी प्रतिनिधि सभा निर्वाचनको वातावरण निर्माणका लागि सरकार पहिलोपटक राजनीतिक दल र जेनजी युवासँग प्रत्यक्ष वार्ता र छलफलमा बसेको हो।
यसअघि यही कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबीच बालुवाटारमै छलफल भएको थियो। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सो सर्वदलीय बैठकमा निर्धारित समयमै निर्वाचन सम्पन्न गर्नका लागि सकारात्मक सहमति बनेको थियो।
बैठकमा निर्वाचनको तयारी, युवाको सहभागिता र आगामी राजनीतिक सहकार्यका विषयमा केन्द्रित छलफल भइरहेको स्रोतले जनाएको छ।
यसबीचमा विभिन्न औपचारिक संवाद र परामर्शहरू पनि भइरहेका छन्। बैठकले आगामी दिनमा निर्वाचनसम्बन्धी वातावरणलाई थप सहज बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।
29 Oct 2025