काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। एकैदिन ९ हजार ५०० रुपैयाँले वृद्धि भई सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो दिन सुनको मूल्य ३ लाख ९ हजार ३०० रुपैयाँ थियो।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला ४३० रुपैयाँले महँगिएर ७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
28 Jan 2026