आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै

hitkhabar.com


काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन (आ.व. २०८०/८१) पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रिय सभाबाट आएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्ने छन् ।

यसअघि, सभामुखले नेपाली कांग्रेसबाट संविधान सभामा समानुपातिक सदस्यमा निर्वाचित भई प्रजातन्त्र, लोकतन्त्र र संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्व राज्यमन्त्री खड्गबहादुर बस्याल सार्कीको निधनमा शोक प्रस्ताव पेस गर्दै श्रद्धाञ्जली अर्पण गर्ने र शोकसन्तप्त परिवारप्रति संवेदना प्रकट गर्ने कार्यसूची पनि रहने छ ।

प्रतिक्रिया