भक्तपुर–२ मा रास्वपाका राजीव खत्री भारी मतान्तरले विजयी, महेश बस्नेत पराजित

hitkhabar.com


काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी भएका छन्। नेकपा (एमाले)का सचिव महेश बस्नेतलाई ३१ हजार ३३८ मतान्तरले पराजित गर्दै खत्री प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

शनिबार (फागुन २३) दिउँसो सम्पन्न अन्तिम मतगणना अनुसार खत्रीले कुल ४२ हजार ३३४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी बस्नेतले १० हजार ९९६ मत ल्याएका छन्।

यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार कविर राणाले ८ हजार ४०१ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्। नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का रमेश वैद्यले ३ हजार ७५६ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का रामप्रसाद सापकोटाले १ हजार ३२३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार विक्रम थापाले १ हजार २२४ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना सम्पन्न भएसँगै खत्रीलाई विजयी घोषणा गरिएको हो।


प्रतिक्रिया