काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै शुक्रबार तोलाको १ लाख ९९ हजार ४ सय रुपैयाँमा पुगेको छ। यो हालसम्मकै उच्च मूल्य नजिक हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलाको १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार रुपैयाँले वृद्धि भएको हो।
त्यस्तै, चाँदीको मूल्य समेत उकालो लागेको छ। बिहीबार तोलाको २ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर २ हजार ३२५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।
महासंघले दैनिक अपडेट गर्ने मूल्य अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र माग उच्च रहेको कारणले सुनचाँदीको मूल्यमा चाप परेको हो।
08 Aug 2025