काठमाडौं । नेपाली बजारमा चाँदीको मूल्यले सोमबार हालसम्मकै उच्च बिन्दु छोएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको छ, जुन अहिलेसम्मकै सबैभन्दा बढी मूल्य हो।
यसअघि आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८३५ रुपैयाँ रहेको थियो। पछिल्लो समय चाँदीको माग बढेसँगै यसको मूल्य निरन्तर उकालो लागिरहेको महासंघले जनाएको छ।
यता, सुनको मूल्य भने आज सामान्य घटेको छ। महासंघका अनुसार सुन प्रतितोला ६०० रुपैयाँले घट्दै २ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।
29 Dec 2025