शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

hitkhabar.com


काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकले तोकेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८१ पैसा कायम गरिएको छ।

केन्द्रीय बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १७ पैसा र बिक्रीदर १७० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ। त्यस्तै बेलायती पाउण्ड स्ट्रलिङको खरिददर १९७ रुपैयाँ २१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ०१ पैसा रहेको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३२ पैसा कायम गरिएको छ।

अन्य मुद्रातर्फ अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३२ पैसा तथा बिक्रीदर १०८ रुपैयाँ ७६ पैसा रहेको छ भने सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ।

यसैगरी जापानी येन १० को खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ४३ पैसा र बिक्रीदर २१ रुपैयाँ ५१ पैसा तोकिएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ २३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३९ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३८ पैसा र बिक्रीदर ४० रुपैयाँ ५४ पैसा कायम गरिएको छ।

त्यसैगरी थाई भाट एकको खरिददर ४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४ रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ०८ पैसा र बिक्रीदर ४० रुपैयाँ २५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ।

साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ तोकिएको छ। स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५ रुपैयाँ ९६ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७७ पैसा र बिक्रीदर २२ रुपैयाँ ८७ पैसा कायम गरिएको छ।

यसैगरी हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८८ पैसा तोकिएको छ। कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ २९ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ४५ पैसा तथा ओमानी रियाल एकको खरिददर ३८२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ९४ पैसा रहेको छ।

त्यसैगरी भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार आवश्यकता अनुसार विदेशी मुद्राको विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने व्यवस्था रहेको छ।



प्रतिक्रिया