एनसेलले दुई दिनका लागि कल, इन्टरनेट र एसएमएस निःशुल्क

hitkhabar.com


काठमाडौं । मुलुकभर जारी असामान्य अवस्थाबीच टेलिकम सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेड ले दुई दिनका लागि आफ्ना सबै ग्राहकलाई भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा निःशुल्क गर्ने घोषणा गरेको छ।

कम्पनीका अनुसार आज (मंगलबार) साँझ ७ बजेदेखि आगामी ४८ घण्टासम्म ग्राहकहरूले एनसेल–एनसेल तथा एनसेल–नेपाल टेलिकम नेटवर्कबीचको लोकल कल, इन्टरनेट डाटा र एसएमएस निशुल्क प्रयोग गर्न सक्नेछन्।

एनसेलले जारी गरेको विज्ञप्तिमा हालै देशभर घटेका दुर्भाग्यपूर्ण घटनाले आफूहरू अत्यन्तै मर्माहित भएको उल्लेख गर्दै, “यो कठिन घडीमा ग्राहकहरूलाई आफन्तजनसँग निरन्तर सम्पर्कमा रहन सहज होस् भन्ने उद्देश्यले दुई दिनका लागि निःशुल्क सेवा उपलब्ध गराइएको हो” भन्ने स्पष्ट गरेको छ।

साथै, कम्पनीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

प्रतिक्रिया