आलमको निधनपछि कांग्रेस शोकमा,कार्तिक २३ गते देशभरका कार्यालय बन्द गर्ने

hitkhabar.com


काठमाडौं । आज(शनिबार) बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकमा अन्य विषयमाथि छलफल भएन् । 

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठक आलमको निधनप्रति शोक प्रस्ताव पारित गरी सकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिए । 

स्वर्गीय आलमप्रति सम्मान प्रकट गर्दै कार्तिक २३ गते बिहान ११ः३० बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक २०८२ कार्तिक २५ गते दिउँसो ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पनि पौडेलले बताए । 

आजको बसेको आकस्मिक बैठकले आलमप्रति उच्च सम्मान गर्दै शोक कार्यक्रमहरुको समेत निर्धारण गरेको छ । 

कार्तिक २२, २३ र २४ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने, कार्तिक २३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने, सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने बैठकले निर्णय गरेको छ । 

आलम वि.सं.२०३६ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा प्रारम्भ गरेका थिए भने राजनीतिक जीवनमा उनले पटक–पटक मन्त्री पदको जिम्मेवारी सम्हालेका थिए । 

वि.सं. २०५३ को उपनिर्वाचन, २०५६ को आम निर्वाचन, २०६४ को संविधानसभाको निर्वाचन र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नं. २ बाट विजयी भएका उनी वि.सं. २०६७ मा सम्पन्न पार्टीको बाह्रौं महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित भएका थिए । 


प्रतिक्रिया