आज तीन संसदीय समितिको बैठक, महत्वपूर्ण विधेयक र प्रतिवेदनमाथि छलफल हुने

hitkhabar.com


काठमाडौं । संघीय संसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका बैठकहरू आज तोकिएको समय अनुसार बस्नेछन् ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा समितिले अघिल्लो पटक दिएको निर्देशनहरूको कार्यान्वयन अवस्था सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ । बैठकमा ूभूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ू सम्बन्धी दफावार छलफल हुने जनाइएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक भने दिउँसो २ बजेका लागि तय गरिएको छ । बैठकमा ूविद्यालय शिक्षा विधेयक, २०८०ू सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि विस्तृत छलफल हुने कार्यक्रम छ ।

तीन समितिको आजको बैठकले सम्बन्धित विधेयक र विषयमा महत्वपूर्ण निर्णय र सिफारिस गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया