सुन तोलामा २९ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

hitkhabar.com


काठमाडौं । नेपाली बजारमा बिहीबार (माघ ८) सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार (माघ ७) सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य थियो।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज प्रतितोला ५० रुपैयाँले सस्तिएर ५ हजार ८ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया