उद्योगीहरूसँग श्रममन्त्री यादवको छलफल, आन्तरिक रोजगारी प्रवर्द्धनमा जोड

hitkhabar.com


काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले कोशी प्रदेशका उद्योगी तथा औद्योगिक संगठनका प्रतिनिधिहरूसँग भेट गरी आन्तरिक रोजगारी प्रवर्द्धनका विषयमा छलफल गर्नुभएको छ।

भेटमा इटहरीमा भइरहेको कोशी प्रदेशस्तरीय सीप तथा रोजगार मेला, २०८३ को समीक्षा गरिएको छ। साथै कार्यस्थलमा आधारित तालिम तथा अन्य सीपमूलक तालिम र रोजगारीसम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।

छलफलमा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउँदै आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने विषयमा समेत जोड दिइएको छ।

प्रतिक्रिया