विधायन व्यवस्थापनसहित दुई संसदीय समितिको बैठक आज बस्दै

hitkhabar.com


काठमाडौं । संघीय संसद अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक आज बस्दैछ। प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे सुरु हुने भएको हो।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ सम्बन्धी छलफल हुने कार्यक्रम छ। बैठकमा सरोकारवालाहरूसँग विधेयकका सैद्धान्तिक पक्षमा विचार विमर्श गरिनेछ।

त्यसैगरी, सोही समयमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदनबारे छलफल हुने कार्यसूची रहेको छ।

प्रतिक्रिया