उच्च तहका अधिकारीको सम्पत्ति विवरण वार्षिक सार्वजनिक गरिने
hitkhabar.com
11 May 2026
काठमाडौं । सरकारले उच्च पदस्थ अधिकारीहरूको सम्पत्ति विवरण हरेक वर्ष सार्वजनिक गर्ने व्यवस्था गर्ने जनाएको छ ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल ले यस्तो जानकारी दिएका हुन्।
सरकारले सुशासन, पारदर्शिता र जवाफदेहितालाई थप प्रभावकारी बनाउन यस्तो व्यवस्था गर्न लागेको जनाएको छ ।