नेकपा एमाले बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा एकालाल श्रेष्ठ

hitkhabar.com


हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य एकालाल श्रेष्ठलाई प्रमुख सचेतकमा नियुक्त गरेको छ । संसदीय दलका नेता जगन्नाथ थपलियाको निर्णयअनुसार श्रेष्ठलाई साउन २० गतेको निर्णयका आधारमा प्रमुख सचेतक बनाइएको हो ।

पार्टीको संसदीय दलको विधान, २०७७ को दफा १३ बमोजिम गरिएको नियुक्तिपछि बिहीबार हेटौंडास्थित संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा नेता थपलियाले श्रेष्ठलाई औपचारिक रूपमा नियुक्तिपत्र हस्तान्तरण गरेका थिए ।

मकवानपुर क्षेत्र नं. १ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रहेका श्रेष्ठ यसअघि बागमती प्रदेश सरकारमा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन् । पार्टी संगठनमा लामो समयदेखि सक्रिय श्रेष्ठलाई प्रमुख सचेतक बनाइएपछि एमालेले प्रदेशसभामा आफ्नो भूमिकालाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया