एनआईसी एशिया बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा डिजिटल भुक्तानीमा १० प्रतिशत छुट

hitkhabar.com


काठमाडौं । एनआईसी एशिया बैंक र फ्रन्टलाइन हस्पिटलबीच सेवाग्राहीलाई लक्षित गरी विशेष छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार, एनआईसी एशिया बैंकका ग्राहकले फ्रन्टलाइन हस्पिटलका सेवा लिएर डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

फ्रन्टलाइन हस्पिटल काठमाडौंको पुरानो बानेश्वरमा अवस्थित छ । यस छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले आफ्नो डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्न सक्नेछन्, साथै मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्दा पनि छुटको लाभ लिन सकिनेछ ।

उक्त समझदारीपत्रमा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र हस्पिटलका तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेले हस्ताक्षर गरेका हुन् ।

बैंकले यो सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा राहत दिने विश्वास लिएको छ । साथै, डिजिटल कारोबारलाई प्रवद्र्धन गर्दै नगदरहित भुक्तानी संस्कृतिको विकासमा टेवा पुग्ने अपेक्षा पनि बैंकले व्यक्त गरेको छ ।

प्रतिक्रिया