काठमाडौं । काठमाडौं सहित देशैभरि ‘जेनजी’ आन्दोलन चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग चौतर्फी रूपमा उठेको छ । आन्दोलनकारी, अधिकारकर्मीसहित राजनीतिक दलहरूले समेत प्रधानमन्त्री ओलीले घटनाको नैतिक जिम्मेवारी लिँदै राजीनामा गन पर्ने माग गरेका छन् । तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले घटना’दयगत मुख खोलेको छैन ।
सत्तारूढ नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक मंगलबार (आज) बिहान बोलाएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू सहभागी हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् । सोमबार साँझ बसेको कांग्रेस पदाधिकारी बैठकमा सहभागी भएका गृहमन्त्री रमेश लेखकले घटनाको नैतिक जिम्मेवारी लिँदै राजीनामा गर्ने बैठकमा जानकारी गराएका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले ‘जेनजी’ आन्दोलनमा भएको हत्या र दमनको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन् । ओलीको अहंकार र अधिनायकवादी चरित्रका कारण घटना भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी उनैको हुने पुनले बताए । ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने उनको माग छ ।
‘जेनजी पुस्ताको आन्दोलनमा भएको बल प्रयोग र हत्याको जिम्मेवारी प्रधानमन्त्री केपी ओली र उनको नेतृत्वमा रहेको नालायक सरकारले लिनुपर्छ,’ पुनले भने, ‘यो परिस्थिति उत्पन्न हुनुमा ओलीको अभिनायकवादी, निरंकुश र स्वेच्छाचारी प्रवृत्ति जिम्मेवार छ, घटनाले ओलीको असली चरित्र उदांगो पारेको छ, पदमा बस्ने नैतिकता गुमाएकाले उनले तत्काल राजीनामा दिनुपर्छ ।’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ओली नेतृत्वको सरकार तत्काल विघटन गर्नुपर्ने माग गरेको छ ।
सोमबार भएको जेनजीहरूको प्रदर्शनपछि बसेको आकस्मिक पदाधिकारी बैठकले वर्तमान सरकारको उपदेयता सकिएको निष्कर्ष निकाल्दै सरकार विघटन गर्न माग गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जनाएका छन् । ‘यस घटनाबाट वर्तमान सरकारको उपादेयता समाप्त भएको राप्रपाको निष्कर्ष रहेको छ,’ श्रेष्ठले भने, ‘तत्काल सरकार विघटन र सबै समस्याको समाधान तथा नयाँ समझदारीका लागि राप्रपा आह्वान गर्दछ ।’
शान्तिपूर्ण प्रदर्शनमाथिको जंगली रवैयाबाट सरकारको स्वेच्छाचारी, अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उदांगो भएको राप्रपाले जनाएको छ । ‘आजको बर्बर दमनपूर्ण घटनालाई राप्रपाले नेपाली इतिहासकै क्रुर र दुःखद घटनाका रूपमा लिएको छ,’ राप्रपाले भनेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाले प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । जेनजी पुस्ताको प्रदर्शनमा सरकारले व्यापक दमन गरेको कारण मानवीय क्षति भएको प्रति आपत्ति जनाउँदै उनले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले जेनजी पुस्ताको आन्दोलनमा सरकारले दमन गरेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ । जसपा नेपालका महासचिव रामकुमार शर्माले विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताको आन्दोलनमा सरकारले दमन गरी दर्जनौ ं संख्यामा ज्यान गएको र सयौ ं आन्दोलनकारी घाइते भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन् ।
आम जनता पार्टी(आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन् । शान्ति, सु–व्यवस्था कायम गर्नुरगराउनुको साटो ओली नेतृत्वको वर्तमान सरकारले उल्टै नेपाली नागरिकको हत्या आतंकमा उत्रिनु दुःखद रहेको जनाउँदै उनले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । राष्ट्रिय मुक्ति पार्टीले जेनजीको आन्दोलनमा सरकारले निर्मम दमन र हिंसाको बाटो अपनाएको भन्दै आपत्ति जनाएको छ । पार्टीका अध्यक्ष राजेन्द्र महतोले सोमबार विज्ञप्ति जारी गर्दै जेनजीको आन्दोलनलाई हिंसात्मक बनाउने मुख्य जिम्मेवार ओली नेतृत्वको सरकार रहेको बताएका हुन्
ताजा जनादेशमा जान रास्वपाको दबाब
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री ओली नेतृत्वको सरकारको बर्खास्ती र ताजा जनादेशको माग गरेको छ । केन्द्रीय समितिको बैठकपछि महासचिव कवीन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको परिप्रेक्ष्यमा प्रधानमन्त्रीको तत्काल राजीनामा माग्दछौं, साथै घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी गृहमन्त्रीलगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौं ।’
जेनजीद्वारा आयोजित सोमबारको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको रास्वपाले भत्र्सना गरेको छ । निहत्था नवयुवाले गरेको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको रास्वपाले घोर निन्दा गर्दै आफ्नै सन्तानको रगतमा लतपतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले नसहने र यो आततायी शासनको जनप्रतिवाद हुने चेतावनीसमेत दिएको छ । कांग्र ेस र एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसद्ले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै ताजा जनादेशमा जानुपर्ने रास्वपाको निष्कर्ष छ । यो खबर राजधानीबाट लिएका हौ ।