सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

hitkhabar.com


काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य ३ हजार रुपैयाँले घटेको छ। सुन–चाँदी व्यवसायीहरूको तथ्यांक अनुसार घटेसँगै आज प्रतितोला सुनको मूल्य ३ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन बिहीबार प्रतितोला सुनको मूल्य ३ लाख ६ हजार ५०० रुपैयाँ पुगेको थियो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ३४० रुपैयाँले घटेर प्रतितोला ५ हजार रुपैयाँमा झरेको छ।

यसअघि बिहीबार चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया