नयाँ पुस्ताले ढोका ढकढक्याएपछि पद छाडें : डा. बाबुराम भट्टराई

hitkhabar.com


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी नेता डा. बाबुराम भट्टराईले राजनीतिमा नयाँ पुस्तालाई अगाडि ल्याउन आफूले पद छाडेको बताएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भट्टराईले पुराना राजनीतिक दलहरू रुपान्तरण नभए सिधिनुपर्ने चेतावनी दिँदै भने, “नयाँ पुस्तालाई प्रोत्साहन गर्न सबै दलले आफैंलाई परिवर्तन गर्नुपर्छ, होइन भने अस्तित्व सकिन्छ ।”

उनले वैकल्पिक राजनीतिक शक्तिहरूलाई पनि नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन जोड दिँदै भने, “हाम्रो अभियान, पार्टी, समूह जहाँ भए पनि सकेसम्म नयाँ पुस्तालाई अगाडि सार्नुपर्छ ।”

भट्टराईले नवयुवकहरूले ढोका ढकढक्याइसकेपछि आफूले पद त्याग गरेको स्पष्ट पार्दै भने, “मैले नैतिक हिसाबले पनि बाटो खाली गरिदिएको हुँ । अब नातीनातिना पुस्ताले नेतृत्व गर्नुपर्छ ।”

उनले जेनजी आन्दोलनको चर्चा गर्दै जनधनको क्षति भए पनि त्यसले नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गरेको र यो ऐतिहासिक तथा सकारात्मक पक्ष रहेको बताए ।

प्रतिक्रिया