सरकारले बर्बरता मच्चायो, शान्तिपूर्ण बाटो खोजौं : ट्रेड युनियन कांग्रेस

hitkhabar.com


काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारबाट भएको दमनको विरोध गरेको छ ।

ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारको कदम बर्बरतापूर्ण भएको जनाएका छन् । 

‘लोकतन्त्रमा विरोध कार्यक्रम वा आन्दोलनलाई दमन गरेर रोक्न सकिँदैन भन्ने कुरा इतिहासले धेरैपटक पुष्टि गरिसकेको छ । यस किसिमको  बर्बरतापूर्ण दमन निन्दनीय रहेको छ र लोकतन्त्रमा शान्तिपुर्ण विरोध भनिएको कार्यक्रममा सरकारका तर्फबाट अत्याधिक बल प्रयोग गर्नु पनि दुखद पक्ष हो,’ विज्ञप्तिमा भनिएको छ ।

शान्ति सुरक्षा कायम गर्न पर्याप्त तयारी गर्न नसक्नु सरकारको ठुलो कमजोरी भएको पनि महासचिव राईले जनाएका छन् ।

‘गत फाल्गुणमा तिनकुनेको घटनालाई लिएर पाठ सिक्न नसक्नु साथै सरकारको सुरक्षा संयन्त्रबाट सामान्य आकंलन गर्न नसक्नु सरकार र सम्बन्धीत मन्त्रालयको कमजोरीको पराकाष्ठा हो,’ विज्ञप्तिमा भनिएको छ ।

घटनामा मृत्यु तथा घाईते भएकाहरुको उचित क्षतिपुर्तीको माग गर्दै तदारुकताका साथ निशुल्क उपचारको प्रबन्ध गरिनु पर्ने र उचित मागलाई सबै राजनीतिक दलहरु ऐक्यबद्ध भएर गम्भीरतापूर्वक सम्बोधन गर्न वार्ताद्धारा टेबलको माध्यमबाट समाधानको बाटो पहिल्याउन सरकार समक्ष महासंघले अपिल समेत गरेको छ ।

घटनाहरुप्रति उच्च स्तरीय न्यायिक छानविन गर्दै दोषिउपर दण्ड गर्ने प्रतिबद्धता पनि जनाउनुपर्ने भने देशको वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गरेर सबै राजनीतिक दलहरु एक ठाउँमा रहेर वर्तमान सरकारले मार्ग प्रशस्त गर्दै देशलाई निकास दिनु नै बुद्धिमतापूर्ण कार्य हुनेछ भन्नेमा पनि ट्रेड युनियन कांग्रेसले ठहर गरेको छ । 

०८२ भाद्र २४

प्रेस बिज्ञप्ति

नेपालको पछिल्लो पुस्ता (न्भल श्) ले सरकारले सामाजिक संजाल नियमनको नाममा नियन्त्रण गरि अभिव्यक्ति स्वतन्त्रतामाथि लगाईएको  अंकुश र ब्याप्त भ्रष्टाचार, कुशासन , बेथिती , नातावाद र  दण्डहिनताले जन—मानसमा उत्पन्न बितृष्णाको कारण स्वस्फुर्त रुपले हिजोबाट संचालन भएको शान्तिपुर्ण विरोध कार्यक्रम शुरु भएको केहि घण्टा भित्रै सरकारी दमनबाट १९ जना भन्दा वढि युवाहरुको मृत्यु र सयौं घाइते भई उपचारार्थ रहेको बिषयमा यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । २०६२–६३ को जन आन्दोलन १९ दिनसम्म चल्दा पनि यति मृत्यु र घाइते भएको इतिहास छैन् । यो घटना इतिहासमा कालो दिनको रुपमा अंकित भएको छ । लोकतन्त्रमा विरोध कार्यक्रम वा आन्दोलनलाई दमन गरेर रोक्न सकिँदैन भन्ने कुरा इतिहासले धेरैपटक पुष्टि गरिसकेको छ । यस किसिमको  बर्बरता पूर्ण दमन निन्दनीय रहेको छ र लोकतन्त्रमा शान्तिपुर्ण विरोध भनिएको कार्यक्रममा सरकारका तर्फबाट अत्यधीक बल प्रयोग गर्नु पनि दुखद पक्ष हो । आम मानिसको सुरक्षा तथा देशमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी लिएको सरकारबाट हिजोको त्यस न्भल – श् विरोध कार्यक्रममा भएको घटनामा भएको शान्ति सुरक्षा कायम गर्न पर्याप्त तयारी गर्न नसक्नु सरकारको ठुलो कमजोरी देखीएको छ । गत फाल्गुणमा तिनकुनेको घटनालाई लिएर पाठ सिक्न नसक्नु साथै सरकारको सुरक्षा संयन्त्रबाट सामान्य आकंलन गर्न नसक्नु सरकार र सम्बन्धीत मन्त्रालयको कमजोरीको पराकाष्ठा हो । 

नेपाल ट्रेड युनियन कांग्रेस  न्भल – श् पुस्ताको अभिव्यक्ती स्वतन्त्रता अन्र्तगतको यो विरोध कार्यक्रम  प्रति पूर्ण एक्यबद्धता जनाउदै नृशंस दमनकोे घोर भत्र्सना गर्दछ साथै उठाईएका मुद्धा लाई लिएर गरिने विरोध कार्यक्रमहरु शान्तिपुर्ण तवरले संयमित भई संचालन गर्न पनि महासंघ आयोजकमा आग्रह गर्दछ । आन्दोलनमा शाहदत प्राप्त गर्ने ति सम्पूर्ण न्भल – श्  पुस्ता   प्रति यस महासंघ हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समबेदना ब्यक्त गर्दछ साथै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।  घटनामा मृत्यु तथा घाईते भएकाहरुको उचित क्षतिपुर्तीको माग गर्दै तदारुकताका साथ निशुल्क उपचारको प्रबन्ध गरिनु पर्दछ भने  वहाँहरुको उचित मागलाई  सबै राजनैतिक दलहरु एक्यबद्ध भएर गम्भीरता पुर्वक सम्बोधन गर्न वार्ता द्धारा टेबलको माध्यम बाट समाधानको बाटो पहिल्याउन सरकार समक्ष महासंघ अपिल गर्दछ । यसमा ढिलाई गर्नु व्यवस्था प्रतिको आत्मघाती कदम हुनेछ  । ति भएका नृशंस घटनाहरु प्रति उच्च स्तरीय न्यायीक छानबीन गर्दै दोषिउपर दण्ड गर्ने प्रतिबद्धता पनि जनाउनु पर्दछ भने देशको वर्तमान राजनैतिक परिस्थीती लाई मध्यनजर गरेर सबै राजनैतिक दलहरु एक ठाउमा रहेर वर्तमान सरकारले मार्ग प्रशस्त गर्दै देशलाई निकास दिनु नै बुद्धिमता पुर्ण कार्य हुनेछ भन्नेमा पनि महासंघको ठहर रहेको छ । 

धन्यवाद ! जय नेपाल !!

अजय कुमार राई

  महासचिव


प्रतिक्रिया