काठमाडौं । साताको चौथो दिन सेयर बजार हरियो रहेसँगै नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० विन्दुमा पुगेको छ। मंगलबारको ५.३२ अंकको वृद्धिपछि आज पनि बजार सकारात्मक रहँदा लगानीकर्तामा उत्साह देखियो।
बजार खुला रहँदा सेन्सेटिभ इन्डेक्स १.६४ अंकले उक्लियो भने फ्लोट इन्डेक्स ०.५४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४९ अंकले सुधारिएको छ।
आजको दिन ३ सय २२ कम्पनीका कुल १ करोड ३६ लाख २० हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ६९ करोड रुपैयाँ नाघेको छ। यसअघि मंगलबार कारोबार रकम ५ अर्ब ८२ करोड रुपैयाँभन्दा धेरै थियो। आजको कुल कारोबार ९१ हजार ७०५ वटा ट्रान्जेक्सनमार्फत सम्पन्न भएको हो।
बजारमा चार कम्पनीका सेयर मूल्य पोजेटिभ सर्किट मा पुगे। झापा इनर्जी लिमिटेड, सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त र श्रिनगर एग्रिटेक उद्योगका सेयर मूल्य १० प्रतिशतले उक्लिए।
त्यसैगरी रिभरफल्स पावर र महिला लघुवित्तका सेयरमा पनि ९ प्रतिशतभन्दा बढीको उछाल देखा पर्यो।
उता, बोटर्लस नेपालको सेयर मूल्यमा आज सबैभन्दा ज्यादा गिरावट आयो। कम्पनीको सेयर ३.९४ प्रतिशतले घटेर १६ हजार २५० रुपैयाँमा दिनको अन्तिम कारोबार भयो। उन्नती सहकार्य लघुवित्त पनि ३.८१ प्रतिशतले घटेर १७४० रुपैयाँमा झर्यो।
आजको कारोबारमा एनआरएन इन्फ्राइन्स्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा रह्यो। साथै सिभम सिमेन्ट, हिमालयन डिस्टिलरी, बन्दीपुर केवलकार र हिमालयन रिइन्स्योरेन्सका सेयरमा पनि उच्च कारोबार भएको छ।