नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता

hitkhabar.com


काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नु भएको छ।

भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी तथा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको थियो। दुवै पक्षले आपसी सम्बन्धलाई अझ सुदृढ बनाउँदै आर्थिक, प्राविधिक तथा जनस्तरको सहकार्य विस्तार गर्नेमा जोड दिएका छन्।

सभामुख अर्यालले नेपालको विकास, सुशासन र समृद्धिका लागि मित्रराष्ट्र चीनको निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभयो। त्यसैगरी राजदूत झाङ माओमिङले नेपालको स्थायित्व, विकास र समृद्धिमा चीनको साथ रहने प्रतिबद्धता दोहोर्‍याउनु भएको छ।

प्रतिक्रिया