सुन–चाँदीको भाउ घट्यो, तोलाको कति पुग्यो ?

hitkhabar.com


काठमाडौं । नेपाली बजारमा बुधबार (वैशाख १६) सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा सुन प्रतितोला तीन हजार रुपैयाँले सस्तो भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। मंगलबार भने यही सुन दुई लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी प्रतितोला ३० रुपैयाँले घटेर चार हजार ९१४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभावसँगै स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा परिवर्तन देखिएको व्यवसायीहरू बताउँछन्।

प्रतिक्रिया