काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार (माघ ११) छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले वृद्धि भएको हो।
नयाँ मूल्यसूची अनुसार एक तोला सुन खरिद गर्न उपभोक्ताले ३ लाख ३ हजार ८०० रुपैयाँ तिर्नुपर्नेछ। यसअघि शुक्रबार (माघ ९) सुन प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला २९० रुपैयाँले वृद्धि भएसँगै चाँदीको भाउ ६ हजार ४८० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँमा किनबेच भएको थियो।
25 Jan 2026