काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकाएक ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १८ हजार ८ सय रुपैयाँले सुनको मूल्य घटेको हो।
यसअघि शुक्रबार प्रतितोला तीन लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुन आइतबार घटेर प्रतितोला तीन लाख रुपैयाँमा झरेको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घट्दै चाँदीको मूल्य पाँच हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला सात हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।
01 Feb 2026