राष्ट्रपतिको अपिल : लोकतन्त्रको संरक्षण र शान्ति सुव्यवस्था कायम गर्न सबै पक्षलाई आग्रह

hitkhabar.com


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा देखिएको वर्तमान विषम परिस्थितिबाट मुलुकलाई संवैधानिक दायराभित्र रही निकास दिने प्रयास भइरहेको बताएका छन्।

राष्ट्रपतिले बिहीबार एक वक्तव्य जारी गर्दै आन्दोलनरत नागरिकहरूको माग सम्बोधनका लागि छिटोभन्दा छिटो समस्याको दीर्घ समाधान खोजी भइरहेको जानकारी दिएका छन्। उनले लोकतन्त्रको संरक्षण र मुलुकमा शान्ति सुव्यवस्था कायम राख्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको प्रष्ट पारेका छन्।

उनले भने, “देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार–विमर्श एवं हर प्रयास गर्दैछु।”

राष्ट्रपतिले आन्दोलनकारी नागरिकहरूको जायज माग सम्बोधनका लागि समाधान निकाल्ने प्रतिबद्धता जनाउँदै शान्ति र स्थिरता कायम गर्न सबैलाई संयमता अपनाउन आग्रह गरे।

यसअघि युवाहरूले सामाजिक सञ्जालमार्फत राष्ट्रपति पौडेललाई सार्वजनिक अपिल गर्न माग गर्दै अभियान चलाएका थिए।


प्रतिक्रिया