काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि नयाँ विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ। बैंकले जारी गरेको विवरण अनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा तोकिएको छ।
युरोपियन युरोको खरिददर १६७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा तय गरिएको छ। यस्तै, युके पाउण्ड स्ट्रलिङको खरिददर १९१ रुपैयाँ ३४ पैसा तथा बिक्रीदर १९२ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १७७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा कायम छ।
अस्ट्रेलियन डलरको खरिददर ९५ रुपैयाँ २५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलरको खरिददर १०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ११ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११० रुपैयाँ ६९ पैसा र बिक्रीदर १११ रुपैयाँ १५ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ १९ पैसा र बिक्रीदर ९ रुपैयाँ २३ पैसा भएको छ। चिनियाँ युआनको खरिददर २० रुपैयाँ ३१ पैसा र बिक्रीदर २० रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ। साउदी रियालको खरिददर ३८ रुपैयाँ २४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४० पैसा तथा कतारी रियालको खरिददर ३९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५४ पैसा राखिएको छ।
थाइ भाट एकको खरिददर ४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४ रुपैयाँ ५३ पैसा छ भने युएई दिरामको खरिददर ३९ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३९ रुपैयाँ २४ पैसा तोकिएको छ। मलेसियन रिङ्गेटको खरिददर ३४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनरको खरिददर १५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ। डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३७ पैसा र बिक्रीदर २२ रुपैयाँ ४६ पैसा रहेको छ।
यस्तै, हङ्कङ डलरको खरिददर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा तोकिएको छ। कुवेती दिनार एकको खरिददर ४६७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ३८ पैसा कायम छ। बहराइन दिनारको खरिददर ३८० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८२ रुपैयाँ २८ पैसा तथा ओमनी रियालको खरिददर ३७२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ।
भारतीय रुपैयाँ १०० को विनिमयदरमा भने खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।