आजको मौसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशका अधिकांश स्थानमा मौसम बदली भइरहेको छ ।

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहितका पहाडी भूभागमा सामान्य बदली छ भने अन्य क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भूभागसहित अन्य थोरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना छ । विशेषगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपातको पनि सम्भावना रहेको छ ।

आज राति पनि मौसम सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थान तथा अन्य प्रदेशका केही भागमा चट्याङसहित वर्षा हुन सक्ने देखिएको छ । कोशी र सुदूरपश्चिमका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया