मुग्लिन–नारायणघाट सडकखण्डमा पहिरो, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

hitkhabar.com


काठमाडौं । चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा ठूलो पहिरो खस्दा आवागमन पूर्णरूपमा बन्द भएको छ। मंगलबार साँझ करिब ५ बजे खसेको पहिरो बुधबार बिहानैदेखि पन्छाउने काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार तुइन खोलाको पुल नजिक खसेको उक्त पहिरो पन्छाउन दिनभर लाग्ने सम्भावना छ। पहिरोका कारण सवारीसाधन दुबै तर्फ अड्किएको र हाल वैकल्पिक सडक प्रयोग गरेर मात्र आवतजावत भइरहेको बताइएको छ।

प्रहरीद्वारा जारी सूचनामा भनिएको छ, “पहिरो पन्छाउन आज दिनभर लाग्ने भएकाले मुग्लिन–नारायणघाट सडकखण्ड प्रयोग नगरी वैकल्पिक सडकमार्ग प्रयोग गर्न अनुरोध गर्दछौं।”

हाल प्रयोग गर्न सकिने वैकल्पिक मार्गहरू :

> त्रिभुवन राजपथ (नौबिसे–हेटौडा)

> कान्ति राजमार्ग (सातदोबाटो–भैरव मन्दिर–बगुवा–लेनडाँडा–हेटौडा)

> कालीगण्डकी कोरिडोर (गैडाकोट–पाल्पा रामपुर–भिमाद–तनहुँ)

> धादिङ (फिर्केखोला–धादिङबेशी–सल्यानटार) हुँदै गोर्खा (आरुघाट–आबुखैरेनी)

>बुटवल–पोखरा मार्ग

हाल पहिरो नहटुञ्जेल सवारीसाधन उक्त सडकखण्डमा सञ्चालन हुन नसक्ने प्रहरीले जनाएको छ।


प्रतिक्रिया