शिक्षक अभिभावक संघ नियमावलीअनुसार बनाइनुपर्छ : मन्त्री पन्त

hitkhabar.com


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षक अभिभावक संघ गठन गर्दा सरकारले बनाएको नियमावलीको पालना गर्नुपर्ने बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री पन्तले सो कुरामा स्पष्ट पारेका हुन् । बैठक विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफलका लागि बोलाइएको थियो ।

मन्त्री पन्तले भने, “अभिभावक संघका सम्बन्धमा सरकारको नियमावलीमा नै स्पष्ट व्यवस्था गरिएको छ । शिक्षक अभिभावक संघ भनेर नै उल्लेख गरिएको रहेछ। त्यसैले त्यसैअनुसार संघ बनाइयो भने राम्रो हुन्छ ।”

उनले उपसमितिले तयार पारेको प्रतिवेदन सकारात्मक रहेको टिप्पणी गर्दै केही विषयमा संशोधन आवश्यक भएको धारणा राखे ।

यसैबीच, समितिका सभापति अम्मरबहादुर थापाले उपसमितिको प्रतिवेदन बैठकमा पढेर सुनाएका थिए ।

प्रतिक्रिया