काठमाडौं । काठमाडौंसहित देशैभरि ‘जेनजी’ आन्दोलन चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरेका छन् । सोमबार ओलीले राजीनामा गरेका हुन् । आइतबारबाट सुरु भएको जेनजी आन्दोलन चर्किंदैजाँदा देशैभरि ठूलो जनधनको क्षति भएको छ ।
‘सम्वत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकामा हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकासका र समस्या समाधानका थप पहलका लागि संविधानको धारा ७७(१)क बमोजिम आजैका मितिदेखि लागू हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु,’ ओलीले दिएको राजीनामापत्रमा उल्लेख गरिएको छ । आन्दोलनकारी, बुद्धिजीवी, नागरिक समाज, राजनीतिक दललगायतकाले ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने चौतर्फी दबाब दिँदैआएका थिए । ओलीले राजीनामा गरे पनि आन्दोलन रोकिएको छैन ।
जेनजी पुस्ताको आन्दोलन सुरु भएको २७ घण्टामा प्रधानमन्त्री ओलीले सत्तात्याग गरेका छन् । सोमबार १० बजे माइतीघरबाट सुरु भएको आन्दोलनले २७ घण्टामा काठमाडौं उपत्यकाका सम्पूर्ण प्रहरी कार्यालय, संसद्, सिंहदरबार, कब्जा भएपछि प्रधानमन्त्रीबाट राजीनामा गरेर ओली वालुवाटारबाट हेलिकोप्टर चढेर निस्किए पनि कहाँ छन् भनेर खुलेको छैन । आन्दोलनकारीले सिंहदरबारमा प्रवेश गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न कार्यालयमा तोडफोडका साथै आगजनी गरेका छन् ।
देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार, संघीय संसद् भवन, सर्वो च्च अदालतसहित प्रमुख दलका शीर्ष नेताहरूको घरमा आन्दोलनकारीले आगजनी गरेका छन् । यस्तै, आन्दोलनकारीले राष्ट्रपति कार्यालय शीतलनिवास, राष्ट्रपतिको निजी निवास, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार, मन्त्री निवास भै ंसेपाटीसहित भीआईपीहरूको सरकारी कार्यालय एवं निवासमा आगजनी गरेका छन् ।
काठमाडौं उपत्यकामा रहेको नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहितका पार्टी कार्यालयमा आगजनी एवं तोडफोड गरिएको छ ।
यस्तै, काठमाडौ ं उपत्यकामा रहेका पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, मन्त्री, सांसद एवं नेताहरूको घरमा समेत आगजनी भएको छ । भाटभटेनी सुपरमार्के ट, हिल्टनलगायतका होटलहरूदेखि व्यापारिक कम्प्लेक्स जलेर खरानी भएका छन् । कान्तिपुर मिडिया ग्र ुपले सञ्चालन गरेको दैनिक पत्रिका, टेलिभिजन र रेडियोमा आगजनी भएको छ भने अन्नपूर्ण पोस्ट दैनिकको कार्यालयमा आगजनी गरिएको छ ।
आइतबारको आन्दोलनमा प्रहरीको गोली प्रहारबाट युवा तथा विद्यार्थीको निर्मम हत्या एवं घाइते भएपछि आक्रोशित आन्दोलनकारीले नेताको घरमा आगजनी एवं तोडफोड गरेका छन् । ओलीको बालकोट र झापाको दमकमा रहेको घरमा आगजनी गरिएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भंगालस्थित निवास, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित दर्जनभन्दा बढी मन्त्री र पूर्वमन्त्रीका घरमा आन्दोलनकारीले आगजनी गरेका छन् ।
कतिपय मन्त्री, नेताहरूले भागेर ज्यान जोगाउन सफल भएका छन् भने कतिलाई आन्दोलनकारीले लखेटेका छन् । प्रदेशसभादेखि पालिकाको कार्यालयमा समेत आन्दोलनकारीले प्रवेश गर्दै तोडफोड एवं आगजनी गरेका छन् । विभिन्न जिल्लामा रहेका नेताहरूको घरमा समेत आगजनी एवं तोडफोड भएको छ ।
वार्तामा आउन राष्ट्रपतिको अपिल
यसैबीच, आन्दोलन चर्किं दै गएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनरत जेनजी पुस्तालाई वार्तामा आउन आपिल गरेका छन् । ‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरू थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु,’ राष्ट्रपतिले भनेका छन् । विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सहयोग गर्न सबै नागरिकलाई राष्ट्रपतिले अनुरोधसमेत गरेका छन् ।
रवि लामिछानेलाई रास्वपाका कार्यकर्ताले जेलबाट निकाले
पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने नक्खु कारागारबाट रिहा भएका छन् । जेनजी पुस्ताको आन्दोलनले उग्र रूप लिएपछि जेलरले सुरक्षा दिन नसक्ने भन्दै रविपत्नी निकिता लामिछानेलाई जिम्मा लगाएर लामिछानेलाई रिहा गरेका हुन् । रिहा भएलगत्तै रास्वपाका नेता कार्यकर्ताले रविको स्वागत गरेका छन्
बालेन भन्छन् : संसद् विघटन र सेना प्रमुखसँग वार्ता
काठमाडौ ं महानगरपालिका प्रमुख बालेन्द्र शाह ९बालेन०ले जेनजी पुस्ताको आन्दोलनले भ्रष्ट सत्ता ढलिसकेको भन्दै संसद् विघटनमार्फत औपचारिक रूपमै नयाँ वातावरणको निर्माण गर्नुपर्ने बताएका छन् । भौतिक संरचना क्षतितर्फ अघि नबढ्न आन्दोलनकारीलाई आग्रह गर्दै बालेनले सामाजिक सञ्जालमार्फत सेना प्रमुखसँग वार्ता गरी समस्या समाधानका लागि तयार रहन आग्रह गरेका हुन् । तत्काल राजनीतिक निकास दिनका लागि आन्दोलनरत जेनजी पुस्ताले बालेनको नेतृत्व आवश्यक भन्दै पटकपटक आग्रह गरेपछि बालेनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
नेताको हाल : कोही भागे कोही लखेटिए
सुशासनको माग गर्दै सुरु भएको प्रदर्शनका क्रममा विगतमा राजनीतिक नेतृत्वमा रहेका र अवैध धन आर्जन गरेको आरोपमा विभिन्न पार्टीका नेताहरूको निवासमा प्रदर्शनकारीले टार्गे ट गरेका छन् । प्रदर्शनकारीले बालकोटमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी गरेका छन् ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई कुटपिट गरी घरबाट निकालेर बूढानीलकण्ठस्थित निवासमा आगजनी गरेका छन् । यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनालको डल्लुस्थित निवासमा पनि आगजनी गरेका छन् । खनाल निवासमा आगजनी गर्दा पत्नी रविलक्ष्मी चित्रकार जलेकी छन् । प्रदर्शनकारीहरूले नेकपा माओवादीका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आगजनी गरेका छन् ।
पूर्वगृहमन्त्री रमेश लेखकको कञ्चनपुरको घर, विश्वप्रकाश शर्माको घर, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घर जलाइएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पूर्वमन्त्री महेश बस्नेतलाई आन्दोलनकारीले लखेटेका छन् । धेरै नेताले आफ्नो बसोबास छाडेर भागेका छन् ।
राष्ट्रपतिद्वारा वार्तामा आउन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनरत जेनजी पुस्ताका प्रतिनिधिलाई वार्तामा आउन आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेको अवस्था र नयाँ राजनीतिक परिस्थितिको विषयमा वार्ता र संवादबाट निकास निकाल्न आवश्यक भएको भन्दै पौडेलले आन्दोलनकारीलाई वार्तामा आउन आह्वान गरेका हुन् । आन्दोलनकारीले राष्ट्रपति निवासमा आक्रमण र आगजनी गरेपछि राष्ट्रपतिलाई नेपाली सेनाले सुरक्षित राखेको छ
सार्वजनिक सम्पत्तिमा इतिहासकै ठूलो क्षति
जे नजी पुस्ताको आन्दोलनबाट नेपालमा भएको क्षति नेपालको इतिहासकै सबैभन्दा ठूलो क्षति भएको छ । यति छोटो समयमा भएको सार्वजनिक सम्पत्तिको क्षति संसारमै विरलै भएको हुनसक्ने अनुमान गरिएको छ । सार्वजनिक सम्पत्तिको तोडफोड र आगजनीका कारण खर्बौं क्षति भएको विश्लेषण गरिएको छ । यो खबर राजधानीबाट लिएका हौ ।