काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज बिहान बस्दैछ । सिंहदरबारस्थित समितिको बैठक कक्षमा बिहान १०:३० बजे बैठक सुरु हुनेछ ।
आजको बैठकको कार्यसूचीमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल तय गरिएको छ ।
समितिको बैठकमा विधेयकका प्रावधानहरूबारे सदस्यहरूले धारणा राख्ने र आवश्यक संशोधन प्रस्तावहरूमाथि छलफल हुने जनाइएको छ ।
30 Jul 2025