काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा वृद्धि भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको भाउ प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २८ हजार ६०० सय रुपैयाँ निर्धारण गरिएको छ। सोमबार भने सुन प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।
यता, सुनको मूल्य बढे पनि चाँदीको भाउ भने सामान्य रूपमा घटेको छ। चाँदी प्रतितोला २०५ रुपैयाँले घटेर ५ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ६ हजार २० रुपैयाँमा किनबेच भएको थियो।
03 Mar 2026