काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिन उच्च बिन्दुमा पुगेको सुन आज तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य २ लाख ५९ हजार रुपैयाँ निर्धारण गरिएको छ। यसअघि सोमबार सुनको भाउ २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको थियो।
यसैबीच सुनको मूल्य घट्दा चाँदीको भाउ भने बढेको छ। महासंघले मंगलबार एक तोला चाँदीको मूल्य ३ हजार ८८५ रुपैयाँ कायम गरेको छ। सोमबार भने चाँदी तोलाको ३ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।
16 Dec 2025