काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ संशोधनका लागि अध्यादेश जारी गरेका छन् ।
बुधबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेका हुन् । राष्ट्रपतिको कार्यालयका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश ल्याइएको हो ।
यससँगै आगामी प्रतिनिधिसभा निर्वाचनका तयारीमा सरकारले कानुनी प्रावधान अद्यावधिक गरेको छ ।
24 Sep 2025