काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा दशैंको प्रभाव देखिएको छ । यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको हो ।
आज नेप्से २.३५ अंकले ओरालो लाग्दै २६५२ अंकमा झरेको छ । कारोबार रकम पनि खुम्चिँदै ३ अर्ब २६ करोड रुपैयाँमा सीमित भएको छ ।
नेप्सेमा आज ३२७ स्टकको ७९ लाख ५३ हजार ७४० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २६ करोड ४ लाख ४० हजार ६०४ रुपैयाँको कारोबार भएको हो । अघिल्लो दिन बुधबार भने ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो र नेप्से २६५४.३५ बिन्दुमा रोकिएको थियो ।
यस दिन १३९ कम्पनीको शेयर मूल्य घट्दा १०७ कम्पनीको मूल्य बढेको छ । सेन्सेटिभ इन्डेक्स ०.१० अंकले, फलेट इन्डेक्स ०.२० अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०४ अंकले घटेका छन् ।
आजका मुख्य उतार–चढाव
* हिमस्टार उर्जा कम्पनी : सकारात्मक सर्किट, प्रतिकित्ता ६९३ रुपैयाँमा बन्द
* प्रभु बैंक डिबेन्चर : ८८.८८ रुपैयाँले वृद्धि भई प्रतिकित्ता १८८९ रुपैयाँ
* सिटि होटल लिमिटेड : सबैभन्दा बढी ७.५५% ले घट्दै ६०० रुपैयाँमा
* नारायणी विकास बैंक : ५.८५% ले घट्दै ७७२ रुपैयाँमा
कारोबार रकममा शीर्ष कम्पनीहरू
* नेपाल पुर्नबिमा कम्पनी : ३० करोड ९० लाख रुपैयाँ
* युनियन हाइड्रो पावर : १८ करोड ३४ लाख रुपैयाँ
* हिमालयन रिइन्स्योरेन्स : ११ करोड ३८ लाख रुपैयाँ
उपसमूह सूचकांक
आज १३ उपसमूहमध्ये ४ उपसमूह बढे भने ९ घटेका छन् ।
* व्यापार उपसमूह : सबैभन्दा धेरै १.३६% ले वृद्धि
* होटल तथा पर्यटन उपसमूह : सर्वाधिक १.४९% ले गिरावट
* बैंकिङ, लगानी र म्युचुअल फण्ड : सामान्य मात्र वृद्धि