सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैन : नारायणकाजी श्रेष्ठ

hitkhabar.com


काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिंहदरबार जस्तो राष्ट्रिय प्रतीकमा आगजनी गर्नेहरुलाई कुनै हालतमा पनि छुट नदिने बताएका छन्।

माओवादी पार्टी कार्यालय सरसफाइका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “पार्टी कार्यालय मात्र होइन, राष्ट्रको प्रतीक बनेको सिंहदरबार नै जलाइएको छ। त्यस्तो काम गर्ने मान्छेलाई हामीले कुनै पनि हालतमा छुट दिन सक्दैनौँ।”

उनका अनुसार घटनामा पार्टी कार्यालयका सामान तोडफोड हुनुका साथै कतिपय वस्तु लुटपाट समेत भएको छ।

श्रेष्ठले माओवादी अब जेन–जि आन्दोलनका मुद्दासँग हातेमालो गरेर अगाडि बढ्ने घोषणा पनि गरे। उनले भने, “हामीले पार्टीलाई रुपान्तरण र पुनर्गठन गरेर लक्ष्यमा पुर्‍याउने संकल्प गरेका छौँ। जेन–जि आन्दोलनको उपलब्धीलाई सफल पार्न माओवादी दृढतापूर्वक अगाडि बढ्छ।”

प्रतिक्रिया