काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शीतल निवासमा आयोजित कार्यक्रममा कुमार इङनाम, माधव चौलागाई, राजेन्द्र सिंह भण्डारी र श्रद्धा श्रेष्ठले मन्त्री पदको शपथ लिएका हुन्।
सरकारले नयाँ मन्त्रीहरूलाई निम्न मन्त्रालयको जिम्मेवारी दिएको छः
-
कुमार इङनाम — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
-
माधव चौलागाई — वन तथा वातावरण
-
राजेन्द्र सिंह भण्डारी — श्रम, रोजगार तथा सामाजिक सुरक्षा
-
श्रद्धा श्रेष्ठ — महिला तथा जेष्ठ नागरिक
नवनियुक्त मन्त्रीहरूका पृष्ठभूमि पनि फरक–फरक छन्। भण्डारी नेपाल प्रहरीका पूर्व एआईजी हुन्। इङनाम काठमाडौँ स्कुल अफ लका प्राध्यापक, चौलागाई जनस्वास्थ्यविद् तथा श्रेष्ठ पर्यटन बोर्डकी कर्मचारी रहेकी हुन्।
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् अब १४ सदस्यीय पुगेको छ।