सुनको मूल्य बढ्यो, प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ पुग्यो

hitkhabar.com


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघले आइतबार सार्वजनिक गरेको विवरणअनुसार छापावाल सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि पनि पुस १३ गते सुनको मूल्य यही स्तरमा पुगेको थियो, जसलाई उच्च मूल्यका रूपमा लिइएको थियो। पछिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँ रहेकोमा आइतबार २ हजार ८०० रुपैयाँले वृद्धि भएको हो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। महासंघका अनुसार प्रतितोला चाँदीको भाउ ४ हजार ९९० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया